नेभिगेशन
समाज विविध

पत्रकार सुरेश रजकको न्यायका निम्ति बाटिकामा पत्रकार, सहकारी पीडित त्यहिँ पुगेका थिए

काठमाडौं– राजावादी आन्दोलनका क्रममा घरमा आगो लगाई हत्या गरिएका एभिन्यूज टेलिभिजनकर्मी सुरेश रजकको न्यायका निम्ति पत्रकार शान्ति बाटिकामा भेला भए। 

समाजवादी प्रेस संगठनको आयोजनामा भएको कार्यक्रममा पुगेका पत्रकारले मौन माग राखी पत्रकार रजकको हत्याको छानबिन हुनुपर्नेमा जोड दिए। 

मौन धारण आन्दोलनमा सहभागी भएका पत्रकार मध्य नेपाल पत्रकार महासंघका पूर्व बरिष्ठ उपाध्यक्ष रमेश विष्टले किटानी जाहेरीका आधारमा छानबिन हुनुपर्ने बताए। 

उनले भने,‘राज्यले अनुसन्धानमा बिलम्ब गर्न सक्छ। हामी दबाब दिन हुलाकमार्फत उजुरी दिएर भए पनि किटानी जाहेरीका आधारमा न्यायका निम्ति जानुपर्छ।’

सो क्रममा समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठले पत्रकार रजकको न्याय अहिलेको आवश्यक रहेको बताए। उनले यति मात्र भनेनन् की आम पत्रकार असुरक्षित भएको विषयमा पनि आवाज उठाए। श्रेष्ठले भने,‘यो पत्रकारिता र पत्रकारको सुरक्षाको विषय हो। न्यायका निम्ति हामी गोलबन्ध हुन आवश्यक छ।’

रजकको न्यायको माग चलिरहँदा सहकारी बचतकर्ता पीडित पनि शान्ति बाटिका क्षेत्रमा गोलबन्द बनेका थिए। उनीहरुले सहकारी पीडितको न्याय गरियोस् भन्ने माग राखे। सयौंको संख्यामा रहेका पीडितले अहिलेको सरकारले न्याय दिन नसकेको गुनासो गरे।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध