नेभिगेशन
राजनीति

रास्वपामा भरतमोहनकी छोरीलाई बागमतीको कमान्ड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विहीबारको केन्द्रीय समितिको बैठकको एउटा निर्णय क्याडरबेस शैलीमा गरिएको छ। 

उसले ७ प्रदेशको इञ्चार्ज तोकेको छ। यस मध्य एक व्यावसायीक पृष्ठभूमीकी लिमा अधिकारीलाई महत्वपूर्ण बागमती प्रदेशको कमान्ड हस्तान्तरण गरिएको हो।

अधिकारी पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका दिवंगत नेता भरतमोहन अधिकारीकी छोरी हुन् उनी नेकपा एकीकृत समाजवादी छाडेर रास्वपामा आएकी हुन्। उनी अर्थ विभागमा पनि छन्। व्यावसायी पृष्ठभूमीकी उनलाई बागमती प्रदेशको कमान्डर तोकिएको छ।

अधिकारी भरतमोहन अधिकारी फाउन्डेशन चलाउँछिन् भने यसअघि डिसहोमकी मालिक्निी थिइन्। यसबाहेक कामना विकास बैंककी सञ्चालक पनि हुन्।

पार्टी कार्यवाहक प्रवक्ता मनीष झाले प्रादेशिक कमिटीहरूलाई अझै सशक्त बनाउँदै जिल्ला कमिटीहरूलाई अझै धेरै सक्रिय बनाउने उद्देश्यले प्रदेश इन्चार्ज तोकेको बताए।

उनका अनुसार कोशी प्रदेशको इन्चार्ज सन्तोष परियार, मधेस प्रदेशको इन्चार्ज मनिष झा, बागमती प्रदेशको इन्चार्ज लिमा अधिकारी, गण्डकी प्रदेशको इन्चार्ज शिशिर खनाल, लुम्बिनी प्रदेशको इन्चार्ज विपिन कुमार आचार्य, कर्णाली प्रदेशको इन्चार्ज गणेश पराजुली र सुदूरपश्चिमको इन्चार्ज हरि ढकाल रहेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति