नेभिगेशन
समाज विविध

वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हट्यो

काठमाडौँ -  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ- 'स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(३क) बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७: ०० बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ ।'

गत शनिबार हनुमान् जयन्तीका अवसरमा आयोजित शोभा यात्रामा दुई पक्षबीच झडप भएपछि महानगरका विभिन्न क्षेत्रमा य्सघी जारी गरिएको कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको थियो । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध