नेभिगेशन
मनोरञ्जन

‘अरुणिमा म तिमीलाई माया गर्छु हो’ : अभिनेत्रीको डिभोर्स बहस

काठमाडौं– २०८१ भदौ ४ गतेको समाचार।

फिल्म क्षेत्रलाई त्यागी अमेरिकामा बस्दै आएकी अभिनेत्री अरुणिमा लम्सालले दोस्रो बिहे गरेकी छन्।

रक्षा बन्धनको मौका पारी लम्सालले कांग्रेसका स्थानीय नेता युवराज श्रेष्ठसँग विवाह गरेकी हुन्। 

काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा यी दुईले लगनगाँठो कसे। श्रेष्ठ कांग्रेस सुनसरी बराहक्षेत्र नगर समितिका उपसभापति हुन्। 

आफन्त र परिवारको उपस्थितिमा उनीहरुले मन्दिरमा विवाह गरेको जनाइएको छ। यी दुई जनाले अदालती बिहे गरेपछि धार्मिक परम्पराअनुसार पनि विधि अपनाएका हुन्।

हेर्नुहोस् हेडलाइन
अभिनेत्री अरुणिमा लम्सालको दोस्रो बिहे, रक्षा बन्धनका दिन कांग्रेस नगर उपसभापतिले भित्राए पत्नी

२०८१ माघ २० गतेको समाचार।

गायिका एलिना चौहानको विष्णु सापकोटासँग सम्बन्धमा खटपटपछि भएको सम्बन्ध विच्छेदसम्बन्धी चर्चा सेलाउन नपाउँदै अभिनेत्री अरुणिमा लम्सालको दोस्रो बिहे संकटमा परेको हल्ला चलेको छ।

लम्सालले विवाहका तस्वीर सामाजिक संजालबाट हटाएपनि विभिन्न अड्कल र अनुमान सुरु भएका छन् । अरुणिमाको इन्स्टाग्राम र फेसबुकको टाइमलाइनमा अहिले पति युवराज श्रेष्ठ र विवाहका फोटोहरू गायब छन्।

यी दुईजनाले भदौ ३ गते काठमाडौंको बत्तीसपुतलीस्थित राममन्दिरमा विवाह गरेका थिए। फोटो हटाउने मात्र होइन, इन्स्टाग्राममा एकअर्कालाई पछ्याएको देखिँदैन। 

श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता हुन्। उनी बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन्।

विवाहको ६ महिना पनि नबित्दै उनीहरुको सम्वन्धमा दरार आएको बताइन्छ। श्रीमानले आफूलाई चिट गरेको आरोप अरुणिमाले लगाउन थालेकी छन्।

विवाह गरेको भोलिपल्टै यो जोडी प्रकाश सुबेदीको टेलिभिजन शोमा पुगेको थियो। युवराजले आफू अब अमेरिका नै गएर पत्नीसँगै बस्ने आकांक्षा प्रस्तुत गरेका थिए। अहिलेसम्म उनी नेपालमै छन्।

अरुणिमाले विवाहका तस्विर र भिडिओहरु प्रशस्तै संख्यामा आफ्नो फेसबुकमा राखेकी थिइन्। ती तस्वीर भिडिओहरु अहिले देखिँदैनन्। बरु उनको पहिलो श्रीमान अमित अर्यालसँगको प्रशस्त तस्वीरहरु अझै पनि छन्। इन्स्टाग्राममा अरुणिमा र युवराजले एक–अर्कालाई फलो गरेको देखिँदैन।

हेर्नुहोस् अर्को हेडलाइन
अभिनेत्री अरुणिमा लम्सालको दोस्रो बिहेमा दरार आएको हो? यस्ता छन् संकेत र अड्कलबाजी

 

अभिनेत्री अरुणिमा लम्सालको दोस्रो बिहे पनि संकटमा परेको छ। गत भदौमा सुनसरीका युवराज श्रेष्ठसँग बिहे गरेकी उनले श्रीमानसँग छुट्टिने निर्णय गरेकी हुन्। 

अमेरिकामा बस्दै आएकी अरुणिमा यतिखेर नेपालमा छिन्। आफू अभिनीत फिल्म ‘घरः बट इन अमेरिका’ लागि प्रमोसनमा उनी व्यस्त छिन्। 

केहीअघि अरुणिमाले सामाजिक सञ्जालबाट बिहेका तस्विहरू हटाएकी थिइन्। त्यहीबेला उनीहरूको सम्बन्ध ठिक नभएको खबर बाहिरिएको थियो।  

यसैबीच, प्रकाश सुवेदी ‘सो’मा पुगेकी अरुणिमाले श्रीमानसँग सम्बन्ध बिग्रिएको खबरबारे मुख खोलेकी छिन्। आफूले श्रीमानमाथि सम्बन्धविच्छेदको मुद्दा हालिसकेको समेत दाबी गरेकी छिन्। 

वैवाहिक सम्बन्ध नटिक्नुमा अरुणिमाले श्रीमानलाई दोष दिएकी छिन्। सुनसरीका कांग्रेस नेतासमेत रहेका युवराजले बिहेअघि आफूसँग धेरै कुरा ढाँटेको उनको आरोप छ। 

‘विवाहअगाडि उहाँको राम्रो मात्रै सुनिएको थियो। विवाहपछाडि नराम्रो मात्रै सुनियो। उहाँले सबै कुराहरू ढाँट्नुभएको रहेछ। तर, कहिल्यै पनि आफूले ढाँटेको स्वीकार्नुभएन। यस्तो झुटो मान्छेसँग जीवन बिताउनुभन्दा सिंगल नै बस्छु भनेर यो निर्णय लिएँ। मैले डिभोर्सको मुद्दा हालिसकेकी छु,’ उनले भनिन्। 

अरुणिमाले वारेसमार्फत मुद्दा दायर गरेकी हुन्। यद्यपि, युवराजले भने यस विषयमा केही धारणा राखेका छैनन्। युवराज डिभोर्स नगर्ने पक्षमा रहेको बताइन्छ। तर, अरुणिमा भने आफ्नो निर्णयबाट पछि नहड्ने अडानमा छिन्। 

अरुणिमाको यो दोस्रो बिहे हो। यसअघि अरुणिमाले अमित अर्यालसँग पहिलो बिहे गरेकी थिइन्। पहिलो बिहे असफल भएपछि अरुणिमाले युवराजसँग मागी बिहे गरेकी थिइन्।

यी अनेक अड्कलबाजी र गसिपबीच अभिनेत्री अरुणिमा लम्सालको बिहेले बिट मार्न लागेको खबर सत्य साबित भएको छ, जब उनी आफैं अन्तरवार्ताहरुमा उत्रिएकी छन्।

९० को दशकको फिल्म ‘अरुणिमा’मा गीत गाए जसरी युवराज ‘अरुणिमा म तिमीलाई माया गर्छु हो’ भने या भनेनन् यसबारेमा भित्री खुलासा भैसकेको छैन। 

तर अरुणिमा जुन हिसाबले मिडियामा प्रस्तुत भएकी छन् यसले स्पष्ट गर्छ उनको जोडी बन्ने रहर पूरा भैसक्यो।

विभिन्न मिडियामा अहिले अन्तरवार्ताका क्रममा लम्सालले आफ्ना दोस्रा पतिले झूठ बोलेको मात्र बताएकी छैनन्, उनको चासो अमेरिका जानेसँग मात्र रहेको समेत खुलेर भन्न थालेकी छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन