नेभिगेशन
राजनीति

जेएनयुले उत्पादन गरेका ‘धर्म सापेक्षता बिरोधी’ नेपाली डाक्टरहरू

यीनहरूले न सनातनी हिन्दूत्वको मान्यतालाई कायम राख्न दिन्छन् न दिन लाग्नेहरूलाई अगाडि बढ्न दिन्छन्

काठमाडौं– स्वतन्त्र सांसद अमरेशकुमार सिंह आजभोली भनिरहेका छन्,‘भारतमा नेपालको अहिलेको राजनीतिक इपिसेन्टर लखनऊ हो।’

उत्तर प्रदेशको राजधानी लखनऊ भन्नुको अर्थ योगी आदित्यनाथमार्फत नेपालको राजनीतिमा भारतीय पक्षले मिहिन र गहिरोगरी चासो राख्छ भन्नु हो।

यसअघि साउथ ब्लकमार्फत नेपालको राजनीतिलाई नियन्त्रण, नियमन र सरोकारका विषय राखिन्थ्यो। सिंहको राजनीतिमा उदय पनि सोही कारण भएको थियो।

सिंह नेपाली कांग्रेसको राजनीतिमा उदाउनुको प्रमुख कारण पनि साउथ ब्लक थियो। नेकपा माओवादी केन्द्रसँग १२ बुँदे सम्झौता भएपछि भारतको जवाहरलाल नेहरु विश्वविद्यलायमा राजनीति शास्त्रमा विद्याबारिधि गरिरहेका सिंहको अचानक उदय भएको थियो।

जसरी भारतीय संस्थापनमा नरेन्द्र मोदी र बीजेपीको उदय भयो, सिंह कांग्रेस राजनीतिबाट किनारा लाग्दै गए।

सिंह नेपाल धर्मसापेक्ष मुलुक बन्न नसक्ने मत राख्ने मध्यमा पर्छन्। यो उनको भारतीय पक्षले स्थापित गरेको मानक पनि मान्नुपर्छ। किनभने जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) धर्मबिरोधी र कम्युनिस्ट कट्टरपन्थी उत्पादन गर्ने दृष्टिले अहिले भाजपाले ब्याख्या गर्छ। 

यसैकारण भाजपाको कट्टरबिरोधी कम्युनिस्ट नेता हुँदै भारतीय कांग्रेसमा पुगेका कन्हैया कुमार पनि हिन्दूत्वका बिरोधी हुन्। ‘जेएनयुमा धर्मविरोधी स्कुलिङ हुन्छ। यसैकारण त्यहाँ उत्पादन भएका नेता भारतमा पनि कहिले शक्तिमा त कहिले विवादमा आउने गरेका छन्’, उच्च स्रोतहरु भन्छन्।

नेपालका धर्मबिरोधी कतिपय नेता जेएनयुका प्रतिपादन नै हुन्। त्यस मध्य पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई कट्टर हिन्दूत्वका बिरोधी हुन्। उनी राजसंस्थाका पनि उस्तै बिरोधी र भारतीय पक्षका विश्वास मात्र मानिन्थे। उनको सहभागीताका कारणले नै नेपाल धर्मनिरपेक्ष बनाउने समझदारीका आधारमा १२ बुँदे गरिएको पनि चर्चा हुन्छ।

बाबुराम भट्टराईले जवाहरलाल नेहरु विश्वविद्यालयबाट विकास अध्ययनमा पीएचडी गरेका थिए।

उनको पीएचडी शोध दी नेचर अफ अन्डरडेभलपमेन्ट एन्ड रिजनल स्ट्रक्चर अफ नेपाल अ माक्र्सीस्ट अनालाइसीस निकै चर्चित मानिन्छ।

कतिपय भारतीय नेताले उक्त विश्वविद्यालय कम्युनिस्ट उत्पादनको कारखाना मान्छन् भने त्यसलाई भारतीय कांग्रेसको प्रयोगशाला पनि ठानिन्छ।
उनको शैक्षिक पृष्ठभूमिले उनको राजनीतिक दृष्टिकोणमा गहिरो असर पारेको मानिन्छ। उनी नेपालमा माओवादी आन्दोलनका प्रमुख रणनीतिकार मध्ये एक हुन्।

सोही विश्वविद्यालयमा पिएचडी गरेका अर्का धर्मसापेक्षताका बिरोधी हुन् नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल। 

डा. भुसालले ग् बाट समाजशास्त्रमा पीएचडी गरेका थिए।उनले राजनीतिक सैद्धान्तिक पक्षमा सक्रिय भूमिका निर्वाह गरेका छन्।

नेपालमा गणतन्त्रको वकालत गर्ने मध्य नेपाली कांग्रेसका अन्य नेताले पनि सोही विश्वविद्यालयलाई स्कुलिङको आधार बनाए। नेपालको राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनिसकेका कांग्रेस राजनीतिमा सक्रिय डा. गोविन्दराज पोखरेल पनि जेएनयुका उत्पादन हुन्। 

उनले विकास अध्ययनमा स्नातकोत्तर र पीएचडी गरेका थिए। योजना आयोगको कार्यकालमा उनले विकास रणनीतिमा नविन सोच प्रस्तुत गरेको बताइन्छ। तर विवादरहित रहेनन्।

नेपालमा राजसंस्था उन्मुलन गर्नुपर्छ भन्ने समाजवादीका डीपी त्रिपाठी, प्रकाश करत, सिताराम यचुरी, तनबीर अख्तरदेखि सकिल अहमद खानसम्म जेएनयुका उत्पादन हुन्। जसलाई हालको भारतीय संस्थापन भाजपाले राम्रो ठान्दैन।
 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति