नेभिगेशन
समाज विविध

हृदयराम थानीले भने- निजामती कर्मचारीलाई सडकमा जानबाट रोकौँ

काठमाडौँ- निजामती विधेयकको प्रतिवेदनमा नेपाली काँग्रेसका सांसद हृदयराम थानीले आफ्नो फरक राय प्रस्तुत गरेका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कुलिन पिरियडको प्रस्तावमा अमिल्दो प्रावधान रहेको बताएका हुन् ।

‘कसैलाई कुलीन पिरियड लाग्ने कसैलाई नलाग्ने किन ? अवकाश सबैको अवकाश हो किन विभेद ?’ थानीले प्रश्न गरे ।

अतिरिक्त सचिव ब्युँताउने कुरामा अतिरिक्त सचिव राख्ने र पछि तोकिए बमोजिम हुने भनिएको उल्लेख गर्दै उनले भने, ‘अतिरिक्त सचिवको कुरा राख्दा प्रष्ट गरेर जानुपर्छ । तोकिए बमोजिम हुने भन्दा मेरो फरक मत रहन्छ ।’

उनी थप्छन्, ‘अतिरिक्त सचिव नराख्दा पनि हुन्छ । राख्ने हो भने ऐनमा नै व्यवस्था गरौँ कसैलाई अधिकार दिने र कसैलाई लुकाउने काम नगरौँ ।’

सांसद थानीले बोल्न पनि कसरी बोल्ने गाह्रो रहेको बताए । अगाडि भने, ‘ट्रेड युनियनको कुरा कसरी राख्ने ? कर्मचारीको ९ बुँदे माग छ यसलाई पनि सम्बोधन गरियोस् ।’

उनको अर्को फरक मतको बुँदा छ, -अरुमा एक वर्ष, एनजीओमा दुई वर्ष काम गरेकोले सेवा प्रवेशमा सहुलियत पाउने राखिएको छ । कुरा उही हो सबैलाई एउटै गरौँ ।’

पशु चिकित्सकको आठौँ तह राख्नुपर्ने उनले सुझाए ।

गर्भवतीको स्वास्थ्य अवस्था हेरेर अगाडी लिन पाउने बिदा दिन सकिने व्यवस्था राख्न आग्रह गरे ।

हजारौँ शिक्षक सडकमा रहेको उल्लेख गर्दै उनले थपे, ‘भोलि कर्मचारी सडकमा जाने व्यवस्था नहोस् ।’

उनले थपे, ‘राजनीतिक कर्मचारी बीच हुने साँठगाँठ रोक्न कुलिङ पिरियड राखिएको हो । परराष्ट्र र न्याय सेवामा किन राखिएन ? एउटै मापदण्ड तयार गरौँ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध