नेभिगेशन
समाज विविध

तीन दिनभित्रै निजामती विधेयक पास गर्ने तयारी

काठमाडौँ- सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसले संसदीय समितिबाट ३ दिनभित्रै निजामती विधेयक पास गर्ने तयारी गरेका छन् । यसका लागि दुवै दलले माओवादी केन्द्रलाई मनाउने प्रयास गरेका छन् ।

‘संवैधानिक परिषद् सम्बन्धी विधेयकमा एमालेको फरक बुझाइ थियो । तैपनि अगाडि बढ्छ भने बढोस् भनेर हामीले सहमति जनायौँ,’ एमाले सांसद रघुजी पन्तले भने, ‘फरक मत लिखित रूपमा राखेनौँ । यो कुरा म विपक्षी दललाई स्मरण गराउन चाहन्छु ।’

अर्थात् एमाले सांसद पन्तले माओवादी केन्द्र लगायत विपक्षीलाई फरक मत लिखित रूपमा नराख्न आग्रह गरे ।

काँग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले पनि कतिपय अवस्थामा आफूलाई लागेकै जस्तो हुन नसक्ने ख्याल गर्न आग्रह गरे । ‘कतिपय विषयमा व्यक्तिको बुझाइ अनुसार पनि नभएको हुन सक्छ । सबै सहमत हुने वातावरण बनाऔँ,’ बडुले भने ।

विधेयक धेरै लम्ब्याउन नहुने उनको भनाइ थियो ।

‘धेरै कुरा क्लियर भएका छन् । अब एक राउन्ड छलफल गरौँ । दुई दिन, तीन दिन भन्दा बढी नलगाऔँ,’ उनले भने ।

यो विधेयकमाथि राज्य व्यवस्था समितिमा छलफलमा छ । सांसद बडुले सहमतिका नाममा विधेयक धेरै लम्ब्याउन नहुने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध