नेभिगेशन
राजनीति

धवलशम्शेरलाई उपचारका लागि छोड्ने तयारी

काठमाडौं - तिनकुने घटनामा हाल हिरासतमा रहेका राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई उपचारका लागि छोड्ने तयारी गरिएको छ ।

क्यान्सर रोगबाट पिडित रहेका महामन्त्री राणाले भारतको मुम्बईमा उपचार गराइरहेका छन् । उनी गत पुसमा मात्र भारतमा उपचार गरेर फर्किएका थिए ।

गृह मन्त्रालय स्रोतका अनुसार राणालाई उपचारको फलोअपका लागि जान दिने र फर्केपछि कानुनी कारवाही गर्ने गरि छोड्ने तयारी गरिएको छ ।  

चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ राणासहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई प्रहरीको पक्राउ गरेको थियो । 

यसैबीच राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको जनान्दोलन परिचालन समितिले पनि एक विज्ञप्ति जारी गर्दै सरकारले राणालाई उपचारका लागि जान रोकेको र राणालाई पूर्ववत् चिकित्सक र अस्पतालमै उपचार गराउने व्यवस्थाका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकार समुदायसँग आवाज उठाइदिन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति