नेभिगेशन
समाज विविध

९ महिनामा काठमाडौँ महानगरले तिरायो २ करोड ४७ लाख जरिबाना

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा साढे २ करोड रुपैयाँ बराबर जरिबाना गरेको छ ।

महानगरपालिका राजस्व विभागका अनुसार चैत मसान्तसम्म महानगरपालिकाले प्रशासनिक दण्ड, जरिबाना शीर्षकमा २ करोड ४७ लाख २० हजार बराबर राजस्व संकलन गरेको हो । जुन गत वर्षको तुलनामा १९ प्रतिशत बढी हो ।

गत आव चैत मसान्तसम्म महानगरले २ करोड ७ लाख ७२ हजार रुपैयाँ उठाएको थियो ।

काठमाडौँ महानगरले सभा, सम्मेलन, आन्दोलन गर्दा फोहोर गर्ने राजनीतिक दल, संस्थालाई कारबाही गर्दै आएको छ ।

यस्तै जथाभाबी पोस्टर टाँस्ने, होर्डिङ बोर्ड राख्ने, फोहोर फाल्ने, अनुमतिविना सडक खन्ने, खुला ठाउँमा आगो बाल्ने जस्ता विभिन्न शीर्षकमा कारबाही गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध