नेभिगेशन
समाज विविध

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ - दाङको लमही-भालुवाङ सडक खण्ड अन्तर्गत सिंगेखोला नजिकै बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कृष्ण नगर घोराहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । 

प्रहरीका अनुसार मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका-५ बस्ने ५७ निमसरोज यादव रहेका छन् । अर्का एक जना मृतकको भने सनाखत हुन बाँकी छ ।

दुर्घटनामा परेर १५ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम छ भने ७ जनाको अवस्था सामान्य छ ।

अहिले प्रहरीले उद्धारको काम गरिरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध