नेभिगेशन
समाज विविध

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया अवकाशमा

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ६ वर्षे कार्यकाल पुरा गरी शुक्रबार अवकाश भएका छन् ।

६ वैशाख, २०७६ मा नियुक्त भएका उनलाई निर्वाचन आयोगका अरु पदाधिकारी र कर्मचारीहरूले बिदाइ गरेका छन् ।

नेपालको संविधानमा निर्वाचन आयोगका प्रमुख र अरु आयुक्तहरूको ६ वर्षे पदावधि तोकिएको छ ।

प्रमुख आयुक्त थपलियाले आफ्नो नेतृत्वको कार्यकालमा २०७९ सालको स्थानीय तह निर्वाचन र २०८० सालमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन गराएका थिए । निर्वाचन आयोगमा नियुक्त हुनुअघि थपलिया नेपाल सरकारका सचिव थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध