नेभिगेशन
खेलकुद

राष्ट्रिय क्रिकेट टोलीका सदस्य बोहोराले गरे बिहे, यी हुन् पत्नी

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अविनाश बोहोराले बिहे गरेका छन्। उनले प्रतिज्ञा खनालसँग लगन गाँठो कसेका हुन् । 

दुवैले गत मंसिरमा इन्गेजमेन्ट गरेका थिए। 

२७ वर्षीय बोहराले नेपालका लागि २ एक दिवसीय र ६२ टी२० अन्तर्राष्ट्रिय खेलहरू खेलेका छन्। 

उनले हालसम्म टी२० मा ७५ विकेट लिइसकेका छन्। उनको उत्कृष्ट बलिङ प्रदर्शन ११ रन खर्चेर ६ विकेट लिनु हो।

उनले एपीएफ, कान्तिपुर गुर्खाज, बुटवल ब्लास्टर्स र भैरहवा ग्लाडिएटर्सबाट क्लब क्रिकेट खेलिसकेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद