नेभिगेशन
सुरक्षा–अपराध

बुटवलकी टिका विष्टको कम्मरमा गोली प्रहार, कारण के होला?

काठमाडौं– रुपन्देहीको बुटवल–११ मा बस्ने टिका विष्ट क्षत्रीमाथि अज्ञात समूहले गोली चलाएको छ।

रैनादेवी छहरा घर भई हाल बुटवल ११ बुद्धनगर बस्ने विष्टमाथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। 

विष्टमाथि कसले के कारणले गोली प्रहार गरेको हो भन्ने खुलाउनका लागि अनुसन्धान जारी छ। विष्टको केही दिनअघि एकजना भारतीयसँग विवाद भएकाले घटनामा उनको संलग्नताको आशंका गरिएको छ।

घटनास्थलमा पुगेर गोली प्रहारमा संलग्नको खोजी र अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ