नेभिगेशन
राजनीति

ताप्लेजुङ घटनापछि योगेश भट्टराईको आग्रह– विवेकले काम गरौँ, प्रायोजकहरूको हतियार नबनौँ

काठमाडौं - नेकपा (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले कञ्चनजङ्घा महोत्सवको उद्घाटन कार्यक्रम सकेर फर्कने क्रममा केही व्यक्तिहरूले आफूविरुद्ध नारा लगाएको बताएका छन् ।

सांसद भट्टराईले हिजो गृहजिल्ला ताप्लेजुङमा भएको घटना सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् ।

‘कार्यक्रम सकेर फर्कनेक्रममा २/४ जनाले मेरा विरुद्ध नारा लगाएछन् । नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोग गरेछन् । मलाई कुनै दुःख छैन ।’ सांसद भट्टराईले भनेका छन्, ‘सवाल विरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनु पर्दछ । जसले जति जानेको छ वा जे गर्न लगाइएको छ त्यति नै गर्ने हो । मेरो आग्रह विवेकले काम गरौँ । प्रायोजकहरूको हतियार नबनौँ । सामाजिक एकता र सदभाव नबिगारौँ ।’

नेता भट्टराईले प्रदर्शनकारीहरूलाई विवेकले काम गर्न र प्रायोजकहरूको हतियार नबन्न आग्रह गरेका छन् ।

Yogesh-Bhattarai-sts-1745054951.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति