नेभिगेशन
खेलकुद

दिल्लीले गुजरातलाई दियो २०४ रनको लक्ष्य

काठमाडौं - दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई २०४ रनको लक्ष्य दिएको छ ।

जारी आइपिएल अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाएको हो ।

दिल्लीका लागि कप्तान अक्सर पटेलले सर्बाधिक ३९ रन बनाए भने आशुतोष शर्माले ३७, करुन नायर र ट्रीस्टान स्टब्सले ३१-३१ रन बनाएका थिए ।

त्यसैगरी गुजरातका बलर प्रसिद्ध कृष्णले सर्बाधिक ४ विकेट लिए भने मोहमद सिराज, अर्षद खान, इशान्त शर्मा र साइ कोशोरले एक एक विकेट लिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद