नेभिगेशन
विश्व

ठुला समुन्द्री छाल आएपछि अस्ट्रेलियामा पाँच जनाको मृत्यु

काठमाडौँ । अष्ट्रेलियाका धेरै तटीठुला समुन्द्री छाल आएपछि अस्ट्रेलियामा पाँच जनाको मृत्यु
य क्षेत्रहरूमा ठूला छालहरूले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ । न्यु साउथ वेल्स र भिक्टोरिया राज्यको तटबाट अरु दुई जना बेपत्ता रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।


शनिबार दक्षिणी न्यु साउथ वेल्सको ताथ्रा नजिकै पानीमा एक पुरुषको शव फेला परेको थियो । एक दिन अघि, यहाँ छुट्टाछुट्टै घटनामा ५८ वर्षीय माझी र अन्य दुई जना मृत फेला परेका थिए । यसैबीच, उद्धार टोलीहरूले सिड्नी नजिकै पानीले बगाएको एक व्यक्तिको खोजी गरिरहेका छन् ।


शुक्रबार, भिक्टोरियाको सान रेमोमा केही मानिसहरू समुद्रमा बगेका थिए । ती मध्ये एक महिलाको डुबेर मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन