नेभिगेशन
खेलकुद

वर्षासँगै सूर्यविनायक साँगा सडक एकतर्फी सञ्चालन

भक्तपुर - अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक जगाती हुँदै काभ्रेपलाञ्चोक जाने सडक एकतर्फी सञ्चालन गरिएको छ। वर्षा भएपछि आज सडक एकतर्फी सञ्चालन गरिएको हो । काभ्रेको साँगा र भक्तपुरतर्फ आउने भक्तपुर खण्ड वर्षा भएसँगै सडक एकतर्फी सञ्चालन गर्नुपरेको भक्तपुर ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए ।

वर्षापछि सडकमा हिलोका कारण सवारीसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउनेलाई मात्रै साँगाबाट आउन दिएको उनले बताए । भक्तपुर हुँदै काभ्रे जाने दुईपाङ्ग्रेलगायत हल्का चारपाङ्ग्रे सवारीसाधनहरू जगातीबाट च्याम्हसिंह हुँदै ताथली नाला सडकबाट बनेपा निस्कने गरी व्यवस्था मिलाइएको छ । भक्तपुरबाट काभ्रे जाने ठूला मालवाहक सवारीसाधनलाई भने जगातीमै रोकिएको छ । सूर्यविनायक धुलिखेल सडकखण्ड निर्माणाधीन अवस्थामा रहेका कारण साँगाखण्डमा हल्का वर्षाले पनि सडक हिलाम्मे हुने र सवारीसाधन चिप्लिने समस्या हुने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद