नेभिगेशन
खेलकुद

सेल्टा भिगोमाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौँ - बार्सिलोनाले सेल्टा भिगोलाई पराजित गरेको छ । स्पेनिस ला लिगा अन्तर्गत गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा राफिन्हाले दुई गोल गरेका थिए भने डानी ओल्मो र फेरान टोरेजले एक एक गोल गरेका थिए ।

त्यसैगरी सेल्टा भिगोका लागि बोर्जा इग्लेसियासले ह्याट्रिक गरेका थिए ।

यो जितपछि बार्सिलोनाको ३२ खेलमा ७३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यसैगरी सेल्टा भिगोको ३२ खेलमा ४३ अंक रहेको छ र लिगमा आठौ स्थानमा रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद