नेभिगेशन
राजनीति

परराष्ट्रमन्त्री डा. राणा आज थाइल्याण्ड जादै

काठमाडौँ - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज थाइल्याण्ड जादैछिन ।

बैंककमा आयोजना हुने संयुक्त राष्ट्र संघको एसिया तथा प्रशान्त आर्थिक तथा सामाजिक आयोगको ८१औं सत्रमा भाग लिन मन्त्री राणा आज थाइल्याण्ड जाने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्री राणाले आयोगको ८१औं सत्रको अध्यक्षता गर्ने मन्त्रालयले जनाएको छ । सत्रको विषयवस्तु ‘एसिया तथा प्रशान्त क्षेत्रमा लचिलो र दिगो शहरी विकासका लागि क्षेत्रीय सहयोग’ रहेको छ ।

परराष्ट्रमन्त्री राणाले परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र बैंककस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै थाइल्याण्ड जाने मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्री राणा अप्रिल २५ मा काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति