नेभिगेशन
समाज विविध

दिल्लीमा चारतले भवन भत्किँदा एकै परिवारका ८ सदस्यसहित ११ जनाको मृत्यु

काठमाडौँ -दिल्लीको मुस्तफावाद क्षेत्रमा चारतले भवन भत्किँदा एकै परिवारका ८ सदस्यसहित ११ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान २स्३० बजे चारतले भवन भत्किँदा ११ जना घाइते पनि भएका छन्।

भवनको भग्नावशेषमा २२ जना फसेका थिए। एनडीआरएफ र दिल्ली प्रहरी टोलीले १२ घण्टाभन्दा बढी समय लगाएर उद्धार गरेको थियो।

भारी वर्षा र आँधीबेहरीका कारण भवन भत्किएको बताइएको छ। यसैबीच मुस्तफावादका विधायक मोहन सिंह विष्टले यस क्षेत्रमा धेरै अवैध र जीर्ण भवनहरू रहेको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध