नेभिगेशन
विश्व

चार बच्चासहित प्रेमीसँग भागिन् महिला, रिल बनाएर पतिलाई पठाइन्

काठमाडौं– आफ्ना चार जना बच्चा लिएर प्रेमीसँग भागेकी महिलाले रिल बनाएर पतिलाई पठाएको समाचार आएको छ।

यो घटना भारतको उत्तर प्रदेशको अलीगढको रहेको भारतीय समाचार संस्था न्यूज२४ ले उल्लेख गरेको छ।

उनले ५० हजार भारुका गहना र एक लाख ७० हजार भारुसमेत लिएर प्रेमीसँग गएको समाचारमा जनाइएको छ।

ति महिलाको भिडिओ सोसियल मिडियामा आएको पनि जनाइएको छ।

महिलाका पतिले अलीगढ रोरावर थानामा उजुरी गरेका छन्। घरमा कोही पनि नभएका बेला महिला भागेको जनाइएको छ।

उनले प्रेमीसँग ताज महलमा भिडिओ र रिल बनाएको उल्लेख छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन