नेभिगेशन
राजनीति

निर्मल निवासको खानामा त्यस्तो के छ? जो छिर्छ उग्र बनेर निस्कन्छ

काठमाडौं– गएको बर्षको अन्तिम महिनाको मध्य दिनमा काठमाडौंको तीनकुनेमा भएको राजावादीको आन्दोलन एकाएक उग्रतामा परिणत भयो। 

चैत १५ गते हिंसात्मक दिशातिर आन्दोलन उन्मुख भयो। त्यस काममा सक्रियता देखाउने अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको क्रम अहिलेसम्म पनि जारी राखेको छ।

त्यसअघिको दिन जनकमान्डर तोकिएका दुर्गा प्रसाईं निर्मल निवास छिरेका थिए। भोलीपल्ट आन्दोलन उग्र भयो।

शुक्रबार राप्रपाका पूर्वअध्यक्षहरुसहित बर्तमान अध्यक्ष राजेन्द्र लिङदेन पनि निर्मल निवासमा खाना खानेगरी पुगेका थिए। 

सो क्रममा राजावादी आन्दोलन, राजसंस्थाका सन्दर्भमा छलफल भएको थियो। निर्मल निवासबाट निस्कनासाथ लिङ्देनले सरकारले तोकेको निषेधित क्षेत्र तोड्ने बयान दिए। 

‘यो त अलिक उग्र भयो’, एक नेता भन्छन्,‘यसरी नेताले संयमता गुमाउन हुन्न।’

खास प्रश्नचाहिँ यो हो कि ‘निर्मल निवासको खानामा त्यस्तो के छ? जो छिर्छ उग्र बनेर निस्कन्छ’।

एमाले युवा फाँट प्रमुख रहेका पोलिटब्युरो सदस्य महेश बस्नेतले लिङ्देन पनि प्रसाईंको बाटो हिँडेको टिप्पणी गरेका छन्।

यसैबीच, राप्रपाको कार्यक्रम बानेश्वर केन्द्रित गर्ने अनौपचारिक निर्णयअनुसार नेता कार्यकर्ता बिजुलीबजार हुँदै भेला हुन थालेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति