नेभिगेशन
बैंक–वित्त

बैंकहरुको नाफा १.४ प्रतिशत मात्र, कसको कति ? (सूचीसहित)

काठमाडौं- वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

२० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन् । वित्तीय विवरणानुसार वाणिज्य बैंकहरूले चैत मसान्तसम्म ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । एक वर्षको समीक्षा अवधिमा बैंकहरुको नाफा जम्मा १.४० प्रतिशत बढेको हो ।

गत वर्षको चैत मसान्तसम्म २० वाणिज्य बैंकले ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा गत वर्षको चैतमसान्तसम्म वाणिज्य बैंकको नाफा १३.४७ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म २० वाणिज्य बैंकले ४७ अर्ब एक करोड ५३ लाख रुपैयाँ नाफा कमाएका थिए ।

सर्वाधिक नाफा वृद्धि हुनेमा नेपाल बैंक छ । यो बैंकले गत वर्षको चैत मसान्तसम्मको तुलनामा २०३२.८० प्रतिशतले नाफा वृद्धि गरेको छ । नेपाल बैंकले चैत मसान्तसम्म दुई अर्ब ७८ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको चैत मसान्तसम्म यो बैंकको नाफा सर्वाधिक घटेको थियो । यो बैंकको नाफा ०८०/०८१ को तुलनामा गत वर्षको चैतसम्म ९२.६८ प्रतिशतले घटेको थियो । बैंकले ०८०/०८१ को चैत मसान्तसम्म एक अर्ब ७८ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कसको कति नाफा ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बैंक–वित्त