नेभिगेशन
समाज विविध

राप्रपा आन्दाेलन: तोडफोडको डरले बबरमहल- बानेश्वरका व्यवसायीले बन्द गरे सटर

काठमाडौं - राप्रपाले आज बबरमहल लक्षित गरेर प्रदर्शन गर्ने भएपछि बबरमहल- बानेश्वर सडक दायाँबायाँका सटरहरु बन्द गरिएको छ ।

राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने भनेपनि व्यवसायीहरुले सटर बन्द गराएका हुन् । १९ दिनदेखि जारी शिक्षक आन्दोलनमा बन्द नभएको सटरहरु आज बन्द गरिएको छ ।

राप्रपाले निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन गर्न लागेपछि व्यवसायीहरुले आफनो पसलमा तोडफोड हुनसक्ने डरले सटर बन्द गराएको हुन् । यसअघि चैत१५ मा भएको राजावादी आन्दोलनमा तीनकुनेमा आन्दोलनकारीले व्यक्तिको व्यक्तिगत सम्पत्तिमाथि तोडफोड आगजनी गरेका थिए ।

 

   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता