नेभिगेशन
राजनीति

राप्रपा अध्यक्ष लिङ्देन सिंहदरबारभित्रै पक्राउ

काठमाडौँ - राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबारबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो । 

लिङदेनसहितका राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंहलगायलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूले सिंहदबारस्थित संसदीय दलको कार्यालय परिसरबाटै सरकारको विरोध गरेका थिए ।

दलको कार्यालयबाट बाहिरिँदै बानेश्वरतर्फ जान लागेको बेलामा विरोध जनाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले यसअघि नै सामूहिक गिरफ्तारी दिने बताएका थिए ।

तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत उनीहरूको माग छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति