नेभिगेशन
राजनीति

राप्रपा सांसद सिंह सिंहदरबारबाट फुत्किएर प्रदर्शनस्थल पुगे

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंह प्रदर्शनस्थलमा पुगेका छन् ।

सिंहदबारमा केहीबेर अघि अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यतिबेला सांसद सिंह पनि त्यहीँ थिए । यद्यपि उनी प्रहरी नियन्त्रणमा नपरी अहिले प्रदर्शनस्थलमा पुगेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति