नेभिगेशन
राजनीति

अध्यक्षसहितका नेतालाई अविलम्ब रिहा गरियोस् : राप्रपा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देनसहित पक्राउ परेका नेताहरूको रिहाइको माग गरेको छ । आ

इतबार (आज) निषेधित क्षेत्र तोड्ने प्रदर्शनका क्रममा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, नेता ज्ञानेन्द्र शाहीलगायतका नेताहरू पक्राउ परेका छन् । राप्रपाले उनीहरूको अविलम्ब रिहाइको माग गरेको हो । ‘शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गर्नु भएका राप्रपाका अध्यक्ष र नेताहरूलाई अविलम्ब रिहा गरियोस्,’ राप्रपाले भनेको छ ।

अध्यक्ष लिङ्देनसहितका नेताहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखिएको छ । आज केही बेरअघि सिंहदरवार क्षेत्रमा विरोध प्रदर्शनका क्रममा अध्यक्ष लिङ्देनसहितका नेताहरुलाइ प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार उनीहरूलाई हाल भद्रकालीस्थित परिसरमा राखिएको छ । उक्त घटनाको समयमा सांसद दीपक सिंह पनि त्यहीं उपस्थित थिए । यद्यपि उनी भने फुत्किएर प्रदर्शनस्थल बानेश्वर पुगेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति