नेभिगेशन
राजनीति

राप्रपाको प्रदर्शन सकियो, पार्टी कार्यालयमा आकस्मिक बैठक

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आह्वानमा आइतबार राजधानीमा गरिएको प्रदर्शन सम्पन्न भएको छ ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठले राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारलगायतको विरोधमा आयोजना गरिएको प्रदर्शन सम्पन्न भएको बताए । 

राप्रपाका नेता कार्यकर्ता बिजुली बजारमा भेला भएर नाराबाजीसहित प्रदर्शनमा सहभागी भएका थिए । सो क्रममा बिजुली बजारबाट नयाँ बानेश्वरस्थित निषेधित घेरा नजिक पुगेर कार्यकर्ताहरु प्रदर्शनमा सहभागी भएका थिए । 

उता सिंहदबारस्थित संसदीय दलको कार्यालयमा  भेला भएर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए । उनीहरूले सिंहदबारमा पर्चासहित प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी नियन्त्रणमा रहेकाहरुमा लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही रहेका छन् ।उनीहरुलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । 

यसैबीच राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी अध्यक्षसहितका नेताहरु पक्राउ परेसँगै अपराह्न ४ बजेपछि बस्नेगरी पार्टी कार्यालय धुम्बाराहीमा आकस्मिक बैठक तय गरिएको प्रवक्ता श्रेष्ठले बताए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति