नेभिगेशन
समाज विविध

भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सिंहदरबारभित्रै प्रदर्शन गरेका हौँ- ज्ञानेन्द्र शाही

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सिंहदरबारभित्रै प्रदर्शन गरेको बताएका छन् ।

निषेधित क्षेत्र तोड्ने प्रदर्शनमा सहभागी हुने क्रममा आइतबार (आज) सिंहदरबारबाट पक्राउ परेका शाहीलगायतका नेता साँझ रिहा भएका छन् । रिहा भएपछि उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्- 

आज राप्रपाको शक्ति प्रदर्शन होइन हामीले शुभचिन्तक र राष्ट्रवादीहरूलाई आज आमन्त्रितसम्म गरेका थिएनौं। आज त कसैलाई बोल्न नपाउने गरेर निषेधित क्षेत्र बनाउँदै जनताको मुख थुन्ने र भ्रष्टहरू रमाउने  भ्रष्टाचारीहरूको अखडा सिंहदरबार भित्रै उनीहरूकै मुटुमा गएर ढ्याङ्ग्रो बजाउनुपर्ने थियो। त्यसैले हामीले सिंहदरबार भित्रै प्रदर्शन गरेका हौँ ।

यो त सुरुवात मात्रै हो।देशलाई कंगाल बनाउने यो भ्रष्टाचारीतन्त्रको अन्त्य नगरी देशमा सुशासन र समृद्धि हुन सक्दैन। अवस्था सुधार्नका लागि व्यवस्था सुधारन आवश्यक छ। नीति र नियम जनमुखी भएनन् भने व्यक्तिले मात्रै समाज परिवर्तन गर्न सक्दैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता