नेभिगेशन
सुरक्षा–अपराध

जवानको परिक्षामा नक्कली परिक्षार्थी बनेका स्ववियु सचिव, प्रहरीसँग अस्कलका शाहीको लफडा 

काठमाडौं– गएको बर्षको २४ माघमा ठमेलमा ड्युटीमा खटिएका प्रहरी कुटपिटमा संलग्न रहेका एक जना अनेरास्ववियुका विद्यार्थी नेता नक्कली परिक्षार्थी बनेपछि पक्राउ गरिएको छ।

आइतबार प्रहरी जवानको लिखित परीक्षामा सहभागी पक्राउ गरिएकामा अमृत साइन्स क्याम्पस (अस्कल)का स्ववियु सचिव पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं नयाँबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा अर्कैको नाममा परीक्षा दिएको आरोपमा शनिबार उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा दोलखाका मोहन सुनुवार, कालिकोटका गोपाल शाही, सुर्खेतका मनोज शर्मा, दैलेखका आकाश खड्का, सुर्खेतका उमेश शर्मा र जुम्लाका मीन रावल छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गोपाल शाही काठमाडौँको अमृत साइन्स (अस्कल) क्याम्पसका निर्वाचित स्ववियु सचिव हुन्। उनी प्रहरीसँग लफडा गरी कुटपिटमा संलग्न रहेको पनि खुलेको हो।

उनी गत चैत १० गते भएको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट सचिव पदमा विजयी भएका थिए। प्रहरी कुटपिट प्रकरणको घटनामा उनले आत्मसमर्पण गरेका थिए।

उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध