नेभिगेशन
समाज विविध

सप्तकोशीमा नुहाउन पसेका इटहरीका मामा–भान्जा डुबेर बेपत्ता, पछिल्लो अपडेट के छ?

इटहरी– सुनसरीको बराहक्षेत्र मन्दीर नजिकै रहेको कोकाहास्थित सप्तकोशी नदीमा नुहाउन छिरेका इटहरीका मामा–भान्जा डुबेर बेपत्ता भएका छन्।

कोकाहामा दर्शन गर्न गएका मामा भाञ्जा सप्तकोसीमा डुबेर बेपत्ता भएको सुनसरी प्रहरीले जनाएको छ।

मन्दिर दर्शन गर्नु अगाडि नुहाउन सप्तकोशीमा पसेका इटहरी बालग्रामका ४८ वर्षीय नबराज बास्तोला र उनका भाञ्जा १६ वर्षीय जेनिस आचार्य पानीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हो।

उनीहरू पानीमा डुबेर बेपत्ता भएपछि प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोली उनीहरूको खोजीमा परिचालन गरिएको छ। पछिल्लो अपडेटचाहिँ खोजी कार्य तिव्र बनाइएको मात्र रहेको प्रहरीले जनायो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

नेपालमा कति छन् विद्यालय ?