नेभिगेशन
सुरक्षा–अपराध

नेपाल प्रहरीमा खाली भएका १० डीआईजी पदका लागि लिगलिगे दौडमा २७ एसएसपी को–को छन्?

काठमाडौं– ६ जना प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि रिक्त हुने १० जना प्रहरी नायव महानिरिक्षक (डीआईजी)को पनि बढुवाको तयारी सुरु भएको छ।

डीआईजी बढुवाका निम्ति प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)को दौड सुरु भएको छ। यसका निम्ति २७ जना प्रतिस्पर्धामा छन्।

डीआईजीका निम्ति एसएसपीहरू ओमबहादुर राना, माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षत्री, दीपक रेग्मी, दिलिपसिंह देउवा प्रतिस्पर्धामा रहेका छन्। 

यस्तै, विनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सजिव शर्मा दास, शारदा प्रसाद चौधरी पनि रहेका छन्। 

हाल जिल्ला प्रहरी परिसर प्रमुख रहेका विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल प्रतिस्पर्धामा छन्। 

यसबाहेक, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर पनि प्रतिस्पर्धामा छन्। राठौर हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखका रुपमा कार्यरत रहेका छन्।

मुकुन्द मरासिनी, दीप शमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रविण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्लीमगर, तारादेवी थापा र प्रज्वल महर्जन प्रतिस्पर्धामा छन्। 

यी मध्य १० जनालाई कार्य सम्पादन मुल्यांकनका आधारमा डीआईजी बढुवा गरिनेछ।

उमेर हदका कारण १० जेठमा एआईजी बढुवा सिफारिसमा परेका लालमणी आचार्यको जागिर सकिने हुँदा थप एक एआईजी बढुवापछि डीआईजी पद पनि खाली हुनेछ। त्यसो हुँदा जेठको दोस्रो सातासम्म थप डीआईजी रिक्त हुनेछन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध