नेभिगेशन
विश्व

अमेरिकासँग व्यापारिक सम्झौता नगर्न अन्य देशलाई चीनको चेतावनी

काठमाडौँ - चीनको वाणिज्य मन्त्रालयले अमेरिकासँग यस्ता व्यापार सम्झौता गर्ने देशहरूको विरोध गर्ने बताएको छ ।

मन्त्रालयले अमेरिकासँग नयाँ व्यापार सम्झौता गर्ने देशहरूलाई कडा प्रतिशोधात्मक कारबाही गर्ने चेतावनी दिएको हो ।

चीनको वाणिज्य मन्त्रालयले चीन अमेरिकाको एकपक्षीय नीतिहरूको सामना गर्न अरूसँग सामेल हुन तयार रहेको बताउदै अमेरिकासँग सम्झौता नगर्न भनेको छ छ ।

अमेरिकाले अन्य देशहरूलाई ट्यारिफ छुटको बदलामा चीनसँगको व्यापार सीमित गर्न दबाब दिन सक्छ भन्ने रिपोर्टहरू पछि चीनको यो बयान आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर लगाउने घोषणा गरेपछि चीन र अमेरिकाबीच कर युद्ध सुरु भएको छ । विभिन्न देशहरुले ट्रम्पले कर लगाएपछि अमेरिकासँग वार्ता गर्दै नयाँ व्यापार सम्झौता गरिरहेका छन् ।  


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन