नेभिगेशन
अर्थ विविध

सुनको मूल्य हालसम्मकै महँगो, तोलाको एक लाख ९१ हजार पुग्यो

काठमाडौं - नेपाली बजारमा आज (सोमबार) हालसम्मै महँगो बनेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो (बिहीबार) सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ थियो । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्