नेभिगेशन
विश्व

पोप फ्रान्सिसको निधन

काठमाडौं- ईसाई धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ । कार्डिनल केभिन फेरेलले पोपको निधन भएको घोषणा गरेको बीबीसीले जनाएको छ । उनी विगत केही महिनादेखि ‘बाइल्याटरल निमोनिया’ लगायतका स्वास्थ्य समस्याहरूबाट पीडित थिए ।

८८ वर्षीय पोप फ्रान्सिसको रोमको स्थानीय समयानुसार भ्याटिकन सिटीमा बिहान ७ बजेर ३५ मिनेटमा निधन भएको फेरेलले आफ्नो घोषणामा भनेको छ । उनको पूरा जीवन लर्ड र चर्चको सेवामा समर्पित थियो ।

पोप फ्रान्सिसले सधैँ साहस, प्रेम र सीमान्तकृतहरूको पक्षमा उभिन प्रेरित गरेको कार्डिनल केभिन फेरेलको घोषणामा उल्लेख छ । पोप फ्रान्सिस क्याथोलिक चर्चहरूमा सुधारका लागि पनि परिचित थिए । यसका बाबजुद उनी परम्परावादीहरू माझ पनि लोकप्रिय थिए । फ्रान्सिस ल्याटिन अमेरिकाका पहिलो पोप हुन् ।

उनी सन् २०१३ मा पोप बेनेडिक्टको उत्तराधिकारीका रूपमा पोप बनेका थिए । अहिले विश्व नेताहरूले पोप फ्रान्सिसलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पोप फ्रान्सिसलाई विनम्र व्यक्ति भन्दै क्याथोलिक र गैरक्याथोलिक दुवैका लागि आदर्श भनेर वर्णन गरेका छन् । नेदरल्याण्ड्सका प्रधानमन्त्री डिक स्कूफले पोप फ्रान्सिस हरेक हिसाबले नागरिकका मानिस भएको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व