नेभिगेशन
समाज विविध

स्थानीय तहका कर्मचारी आन्दोलित

काठमाडौँ- संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको विधेयकमाथि छलफल चलिरहेका बेला स्थानीय तहका कर्मचारी आन्दोलित बनेका छन्।

स्थानीय सेवा कर्मचारी सञ्जालका अनुसार स्थानीय तह कर्मचारी संघर्ष समितिसँग गरेको विगतमा गरेको सम्झौतालाई कार्यान्वयन गर्न माग गर्दै आज कर्मचारीहरूले कालो पट्टी बाँधेर कार्यकक्षबाटै विरोध गरेका हुन्।

स्थानीय तहका कर्मचारीका माग र मुद्दालाई समेटेर संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै उनीहरू आइतबारबाट आन्दोलित बनेका हुन्।

कर्मचारी सञ्जालका अनुसार आइतबार ७५३ वटै पालिकाका प्रमुखमार्फत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री र मुख्य सचिवलाई ध्यानाकर्षण गराइएको हो। माग पूरा नभए शुक्रबार काठमाडौँ केन्द्रित सडक आन्दोलन तथा सम्पूर्ण ७५३ वटै स्थानीय तहमा पेन डाउनका कार्यक्रमहरू गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

सञ्जालले स्थानीय तह कर्मचारी संघर्ष समितिसँग सरकारले गरेका सम्झौतालाई लत्त्याउँदै संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले अगाडि बढाएकोमा आपत्ति जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता