नेभिगेशन
सुरक्षा–अपराध

शिक्षक आन्दोलनमा घुसपेठ भएको भन्दै एक व्यक्तिमाथि हातपात

काठमाडौं - शिक्षक आन्दोलनमा घुसपेठ भएको भन्दै आन्दोलनकारीले एक व्यक्तिलाई हातपात गरेका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित आर्कब्रिजको सडकमा आफूलाई अभिभावक बताउने सरोज महतमाथि हातपात भएको हो ।

उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा आएको छ ।

उनी आन्दोलनमा घुसेपछि लफडा भएको हो । प्रहरीले उनलाई बाहिर निकाल्न खेज्दा घुसपेठ रहेको भन्दै शिक्षकको एक समूहले महतमाथि हातपात गरेको हो ।

महतले भने आफ्नो छोरीको भर्ना हुन नपाएपछि शिक्षकहरूलाई विद्यालय फर्कन आग्रह गर्न आएको बताएका छन् ।

भिडिओमा उनले आफूलाई ललितपुरको गोदावरीस्थित सरस्वती माध्यमिक विद्यालयका अभिभावक बताएका छन् ।

उनले आफ्नो घर गोदावरी नगरपालिका वडा नं. ५ बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध