नेभिगेशन
राजनीति

मन्त्रीपरिषद्को बैठक सकियो, शिक्षकलक्षित सात बुँदा बैठकमै लगिएन

काठमाडौ - मन्त्रीपरिषद्को बैठक सकिएको छ । बैठक बसेको छोटो समयमै सकिएको उक्त बैठकमा शिक्षक आन्दोलन रोक्नेबारे निर्णय नभएको बताइएको छ । 

सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकमा शिक्षक आन्दोलनलाई लक्षित गरेर तयार पारिएका सात बुँदा प्रवेश नै गराइएन ।

शिक्षामन्त्रीको राजीनामापछि उक्त वुँदाहरु मन्त्रीपरिषद्को बैठकमा नपुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश शिलवालले बताए ।

‘आज विद्यालय विधेयकबारे छलफल मात्रै भयो, ती सातवटा बुदाँहरु पेस भएनन्, सञ्चारमन्त्री ज्यूले पनि बैठकपछि केहि बोल्नु भएन,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति