नेभिगेशन
राजनीति

दुर्गा प्रसाईँका दुई वटै अस्पतालको खाता फुकुवा गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ - सर्वोच्च अदालतले दुर्गा प्रसाईँ सञ्चालित दुई अस्पतालका रोक्का खाताहरू फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ।

तीनकुनेमा गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनापछि फरार भएका प्रसाईँको व्यक्तिगत खातासँगै बी एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र र्वाञ्चल क्यान्सर हस्पिटल प्रालिका खाता पनि प्रहरीको अनुरोधमा रोक्का गरिएको थियो।

उक्त निर्णयविरुद्ध दायर रिटमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले खाताहरू फुकुवा गर्न आदेश दिएको हो।

डा. अञ्जली कार्कीले दायर गरेको रिटमा नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोलगायतका १८ र १४ जनालाई विपक्षी बनाइएको छ। अदालतले विपक्षीहरूलाई खाता रोक्का गर्नुको कारण देखाउन आदेशसमेत दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति