नेभिगेशन
राजनीति

छविलाल विश्वकर्मा बन्न सक्छन् शिक्षामन्त्री?

काठमाडौं– स्वास्थ्यको कारण देखाउँदै विद्या भट्टराईले शिक्षा मन्त्रीको पदबाट राजीनामा दिएपछि मन्त्रालय हाँक्न नयाँ को आउला भन्ने चासो पनि चलेको छ।

यद्यपि उनको राजीनामा औपचारिक रुपमा स्वीकृत भएको विवरण भने सतहमा आएको छैन। 

तर, राजीनामा स्वीकृत गरी तत्कालै नयाँ शिक्षामन्त्री नियुक्तिको चेपुवामा भने प्रधानमन्त्री परेका छन्।

कक्षा १२ को परिक्षासहित नयाँ शैक्षिक क्यालेन्डर सुरु भएका बेला शिक्षकले आन्दोलन चलाइरहेका कारण यसको समाधान तत्कालिक आवश्यक बन्छ। अभिभावक संघले पनि ध्यानाकर्षण गराएपछि सरकार दबाबमा परेको छ।

शिक्षकले माग पूरा नभएसम्म आन्दोलन फिर्ता नलिने अडान कसिसकेका छन्।

यो सत्ता समीकरणमा शिक्षा एमालेको भागमा परेका कारण नै भट्टराईको राजीनामा स्वीकृत भए को बन्ला शिक्षामन्त्री भन्ने चर्चा पनि छ। निरन्तर आन्दोलनमा रहेका शिक्षकसँग सम्झौता गर्नका लागि पनि तत्कालै नयाँ शिक्षामन्त्री नियुक्तिको दबाबमा प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन्।

एमालेका विभिन्न नेताका नाम शिक्षामन्त्रीका रुपमा आएको छ। यस मध्य छविलाल विश्वकर्मा पनि एउटा पात्र हुन्। उनी संसदको शिक्षा समितिको उपसमिति संयोजक पनि रहेका छन्। शिक्षक आन्दोलन, माग र समाधानका विषयमा काम गरिरहेका विश्वकर्मालाई मन्त्री बनाउन सक्ने प्रक्षेपण गरिएको छ।

तर कतिपयले भने उक्त मन्त्रालय महिला सांसदको भागमा रहेका कारण मन्त्री पनि महिला नै हुनुपर्ने जिकिर गरेका छन्। ‘सहभागीताका हिसाबमा त्यस्तो माग ठिकै भए पनि अहिले समस्या समाधानको विषयलाई प्रधानमन्त्रीले हेर्नेछन्’, उच्च स्रोतले भन्यो।

छविलाल विश्वकर्मा : तेस्रो पटक संसद्मा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति