नेभिगेशन
राजनीति

वर्तमान संकट क्रान्तिकारी कम्युनिष्ट पार्टीले मात्रै हल गर्नसक्छ : प्रचण्ड

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिष्ट पार्टीले मात्रै हल गर्न सक्ने बताएका छन् । भ्लादिमिर इलिच लेनिनको जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

‘महान् लेनिनले मानव सभ्यताको इतिहासमै पहिलो पटक श्रमजीवी वर्गको नेतृत्वमा समाजवादी राज्यको स्थापना गरी शोषणमुक्त र न्यायपूर्ण समाज सम्भव छ भन्ने तथ्यलाई प्रमाणित गर्दै क्रान्तिको माक्र्सवादी सिद्धान्तको विकास गर्नुभयो। पुँजीवादले फेरि असमानता, युद्ध, बेरोजगारी, सांस्कृतिक क्षय र वातावरणीय संकट निम्त्याइरहेको आजको विश्वमा लेनिनको विचार र उहाँले देखाएको बाटो अझ सान्दर्भिक र आवश्यक बनेको छ । मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिष्ट पार्टीले मात्रै हल गर्न सक्छ भन्ने कुरा पुनः पुष्टि भइरहेको छु, शुभकामना सन्देशमा उनले भनेका छन् ।

सामन्तवाद र साम्राज्यवादविरुद्ध जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यवाद स्थापनाको लक्ष्य राखेर नेपालमा विसं २००६ साल (१९४९ अप्रिल २२) मा कम्युनिष्ट पार्टीको स्थापना भएको पनि उनले उल्लेख गरेका छन् ।

p(25)-1745290515.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति