नेभिगेशन
राजनीति

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ - संघीय संसद् अन्तर्गत मंगलवार तीनवटा संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ ।

आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारबाही, कार्य प्रगति र अगामी आर्थिक वर्षको बजेट सम्बन्धमा मन्त्रालयको तयारीका विषयमा छलफल हुनेछ । खानेपानी मन्त्री प्रदीप यादवसँग छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउसो १ बजे सुरु बस्नेछ । बैठकमा  संविधान अनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गर्ने कार्यसूची छ ।

त्यसै गरी राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि दिउँसो साढे २ बजे बोलाइएको छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेड युनियनसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति