नेभिगेशन
राजनीति

विद्या भट्टराईले छाडिन् मन्त्री क्वार्टर

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराईले भैंसेपाटीस्थित मन्त्री क्वार्टर छोडेकी छिन् ।

सोमबार प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाएर उनी सिधै आफ्नो निजी निवासमा गएकी छिन् । मन्त्री भट्टराईले सरकारी गाडी क्वाटरमै छोडेर गएकी छिन् ।

स्वास्थ्यको कारण देखाएर मन्त्री भट्टराईले राजीनामा दिएकी थिइन् । गत असार ३१ मा प्रधानमन्त्री ओलीले उनलाई मन्त्रीमा नियुक्त गरेका थिए । ८ महिनामा नै उनले राजीनामा दिएकी हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति