नेभिगेशन
समाज विविध

कञ्चनपुरमा भेटियो जलेको शव एकातिर, तोरीको भुसमा आगो लागेको बाइक अर्कातिर

धनगढी– कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा एउटा शवसहित मोटरसाइकल पनि फेला परेको छ।

बेलौरी नगरपालिका–१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै मंगलबार बिहान जलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसारसडक नजिकै तोरीको भुसमा आगोले जलिरहेको अवस्थामा मोटरसाइकल र नजिकै जलेको अवस्थामा शव भेटिएको बताए।

शवको सनाखत भने हुन सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध