नेभिगेशन
विश्व

युएसएडको रकमले नेपालमा हिन्दूत्व सिध्याएको बताएका भाजपा सांसद दुवे अर्को विवादमा मुछिए (भिडिओ)

काठमाडौं– नेपालमा हिन्दूत्व खतम गराउनका लागि भारतीय कांग्रेसको सरकारका बेला मनमोहन सिंह प्रधानमन्त्री रहेको उल्लेख गर्दै युएसएडको प्रयोग गरिएको बताएका भारतका सांसद निशिकान्त दुवे अर्को विवादमा मुछिएका छन्।

अमेरिकाले युएसएड बन्द गराउनासाथ भारतको राजीव गान्धी ट्रष्टदेखि नेपालको हिन्दूत्व सिध्याउने काममा रकम खर्चिएको सदनमा दुवेले बताएका थिए।
हेर्नुहोस् यो भिडिओ
 

सदनमा विभिन्न बयानबाजी गरे वापत दुवे बेलामौका विवादमा आउने गरेका छन्। पछिल्लो पटक भारतको आन्तरिक विषयमा उनको बयानबाजीले सकस परेको छ।

भारतीय समाचार च्यानल न्यूज२४का अनुसार त्यहाँको सर्वोच्च अदालतका सन्दर्भमा दुवेले बयान दिएका कारण मुस्किल बढेको छ। अदालतको मानाहानीका विषयमा सुनुवाईका लागि सर्वोच्चले अर्को साताका निम्ति पेशी दिएको बताइन्छ।

त्यहाँको महान्यायाधीवक्ताको कार्यालयलाई मानाहानीको मुद्दा चलाउन भनिएको छ भने सर्वोच्चका अधिवक्ता नरेन्द्र मिश्राले दुवेमाति सरकारले केही पनि नगरेको आरोप लगाएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन