नेभिगेशन
समाज विविध

निजामती कर्मचारी खटाएर परीक्षा लिएमा शिक्षकहरुले कापी परीक्षण पनि नगर्ने

काठमाडौ - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसार्ने निर्णय गरिसकेको छ । तर उक्त परीक्षामा शिक्षकहरुको कुनै पनि सहभागिता नरहने नेपाल शिक्षक महासंघले जनाएको छ ।

महासंघले शिक्षकहरुलाई केन्द्राध्यक्ष र निरीक्षक रुपमा नबस्न भनेको छ । शिक्षककै उपस्थिति बिना पनि महासंघले मंगलबार विहान बोर्ड बैठक राख्दै परीक्षा नसार्ने निर्णय गरेको थियो ।

‘शिक्षकहरु परीक्षामा सामेल हुँदैनन्,’ महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, ‘निजामतीले परीक्षा लिओस् कापी जाँच पनि उसैले गरोस्, शिक्षकहरु ऐनको लागि सडकमा लड्दा उनीहरुमाथि प्रश्न उठाउनु गलत हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध