नेभिगेशन
समाज विविध

आमाले विष खुवाउँदा तीन छोराछोरीको मृत्यु

धनुषा- धनुषामा आमाले विष खुवाउँदा तीन जना छोराछोरीको मृत्यु भएको भने आमा गम्भीर अवस्थामा उपचाररत छिन्

सहिदनगर नगरपालिका स्थित बासुदेवपट्टी बस्ने सुशील साहका ३० वर्षीय श्रीमती बविता साहले आफ्नै छोराछोरीलाई विषादी खुवाएकी हुन्

विष खाएर उनका वर्षीय छोरा आदित्य साह, वर्षीय छोरी आकृति साह वर्षीय छोरी आरुसी साहको मृत्यु भएको प्रहरीले जनाएको विषादी सेवनबाट गम्भीर अवस्थामा पुगेकी बविताको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको उनको अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको ईलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिए

यादवका अनुसार सोमबार साँझ ६ः४० बजेको समयमा घरमै आमाले तीन जना छोराछोरीलाई विष खुवाएर आफूले पनि आत्महत्याको उद्देश्यले विष खाएकी थिइन्

स्थानीयले तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याएपछि प्रहरीलाई खबर गरिएको थियो उपचारको क्रममा तीनै जना बालबालिकाको मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए

उनका अनुसार गर्भवती रहेकी बविताको पेटमा रहेको महिनाको बच्चालाई अप्रेसन गरी जीवितै उद्धार गरिएको

घरायसी विवादका कारणले उनले बच्चाहरूलाई विष खुवाइ आफूले पनि विष खाएको सोधपुछका क्रममा खुलेको प्रहरीको भनाइ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध