नेभिगेशन
समाज विविध

जम्मू–काश्मिरमा भएको आतंकवादी हत्या हमलाको नेपालद्वारा निन्दा, प्रधानमन्त्री ओली के भन्छन्?

काठमाडौं– भारतको जम्मूकाश्मिरमा २७ जनाको ज्यान जानेगरी भएको आतंकवादी हत्या हमलाको नेपालले निन्दा गरेको छ।

प्रारम्भिक प्रतिक्रिया सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल एक्समार्फत आतंकवादविरुद्ध नेपाल भारतको साथमा रहेको उल्लेख गरेका छन्।

मंगलबार जम्मुकश्मिरको पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरी आतंकवादी हत्या आक्रमणमा २७ जना मारिए।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समार्फत् सो घटनाको निन्दा गर्दै  भनेका छन्, ‘पहलगाममा भएको आतंकवादी हमलाका पीडितहरूप्रति गहिरो समवेदना । नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको छ र आतंकवादका कुनै पनि र सबै कार्यहरूको कडा निन्दा गर्दछ।’
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध