नेभिगेशन
राजनीति

परराष्ट्रमन्त्री डा. राणाद्वारा भारतको पहलगाम आक्रमणको निन्दा

काठमाडौँ - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलाको घटनाप्रति नेपाल सरकार स्तब्ध एवं दुःखी भएको बताएकी छिन् ।

सामाजिक सञ्जालमार्फत मन्त्री राणाले दुःख व्यक्त गर्दै निर्दोष व्यक्तिहरूको ज्यान लिने हिंसाको निन्दा गरेकी छिन् । परराष्ट्रमन्त्रीले दुःखको यो कठिन समयमा पीडितहरू र उनीहरूका परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गरेकी छिन् । साथै, उनले घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

उनले भनेकी छन्- 'नेपाल सरकार दुःखको यस घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धताका साथ उभिएको छ ।'

परराष्ट्रमन्त्री डा देउवाले उक्त दुःखद् घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास जारी रहेको जनाउँदै त्यससम्बन्धी विवरण प्राप्त हुनासाथ अद्यावधिक गरिने बताएकी छिन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मङ्गलबारको सो आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको मृत्यु भएको  जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति