नेभिगेशन
विश्व

जम्मू कश्मीरको बारामुल्लामा गोली हानाहान, दुई आतंकवादी मारिए

काठमाडौँ - भारतको जम्मू कश्मीरको बारामुल्ला जिल्लामा नियन्त्रण रेखा नजिकै भएको कारवाहीमा दुई आतंककारी मारिएका छन् ।

भारतीय सेनाको चिनार कोर्प्सले यस घटनाको बारेमा जानकारी दिदै सुरक्षा बल र आतंककारीहरू बीच भएको गोली हानाहानमा दुई आतंकवादी मारिएको बताएको छ ।

सेनाले भनेको छ- 'सुरक्षा बल र आतंककारीहरू बीच एक मुठभेड भएको थियो, जसमा दुई आतंककारीहरू मारिएका थिए । सुरक्षा बलहरूले घुसपैठको प्रयासलाई विफल पारेका छन् । यस अपरेशनको क्रममा आतंककारीहरूबाट ठूलो मात्रामा हतियार, गोली र अन्य सामानहरू बरामद गरिएको छ ।'

यसअघि मंगलबार पहलगाममा भएको आतंकवादी आक्रमणपछि आतंककारीहरू र सेना बीचको यो पछिल्लो मुठभेड हो । यस आक्रमणमा कम्तिमा २६ जनाको मृत्यु भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व